समाचार
गलकोट नगर क्षेत्रभित्र रहेका आवासीय, औद्योगिक व्यापारिक, संस्थागत तथा अन्य भवनको अभिलेखीकरण गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना!!!
गलकोट नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
गलकोट, बागलुङ गण्डकी प्रदेश, नेपाल
गलकोट नगर क्षेत्रभित्र रहेका आवासीय, औद्योगिक व्यापारिक, संस्थागत तथा अन्य भवनको अभिलेखीकरण गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना!!!
सूचना प्रकाशित मिति: २०८२/०९/१४
गलकोट नगरपालिका, नगर कार्यपालिकाको मिति २०८२/०९/०९ मा बसेको बैठकबाट यस नगर क्षेत्रभित्र नगरपालिका हुनु पूर्व र पश्चात् नक्सा पास नगरी निर्माण भएका संरचना (आवासीय, औद्योगिक, व्यापारिक, संस्थागत तथा अन्य संरचना) को अभिलेखीकरण गर्ने भनी निर्णय भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र तपसिल बमोजिमका कागजात संलग्न राखी नगरपालिकाको भूमि व्यवस्था तथा भवन नियमन शाखामा निवेदन दिनु हुन यो सूचना प्रकाशन गरिएको छ। म्याद नाघेर आएका निवेदनहरु दर्ता नहुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
तपसिल:
1. निवेदन ।
2. नागरिकताको प्रतिलिपि ।
3. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।
4. जग्गाको मालपोत, कर तिरेको रसिद प्रतिलिपि ।
5. प्रमाणित सक्कल नापी नक्सा ।
6. चार किल्ला ।
7. वडा कार्यालयको सिफारिस ।
8. मौजुदा सूचीमा दर्ता भएका परामर्श सेवाबाट तोकिए बमोजिमको घरको नक्सा ।
9. मोहडा र तला स्पष्ट देखिने घरको फोटो ।
नोट: सार्वजनिक जग्गा, नदी, खोला, राजकुलो, सडक मापदण्ड भित्र निर्माण भएका कुनै पनि भवन नगरपालिकाले अभिलेखीकरण गर्ने छैन ।
प्रमुख प्रशासकीय अधिकृत